Logo

फिल्मी शैलीमा खस्दा खस्दै बालिकाको उद्धार



बाँके १ असार । – बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित विपिचोकमा जेठ ३० गते बेलुका एक घरको छतबाट खस्दै गरेकी एक बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र प्रहरीले समाती सकुशल उद्धार गरेको छ ।

स्थानीय नफिज करिवालको तीन वर्षिय छोरी जयनत करिवाललाई बेलुका करीव सवा चारबजे दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाँउमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा पर्नुभन्दा पहिल्यै समातेर उद्धार गरेका थिए ।सो ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट निज सशस्त्र प्रहरी नायव निरीक्षक कठायतसहितको एपीएफ टोली ड्युटीमा खटिएको थियो । त्यसठाँउमा एपीएफ टोली रहेकै छेउको घरको छतबाट ती बालिका खसेकी थिइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot