Logo

काममा फर्किए न्यायधीश



काठमाडौं १ असार । उच्च अदालत जनकपुरका मुख्य न्ययाधीश सुरेन्द्रवीर सिंह बस्न्यात ६ महिनापछि मंगलबारदेखि काममा फर्केका छन् । आजको कान्तिपुरमा खबर छ ।

उमेरसम्बन्धी विवादका कारण देखाइ तत्कालिन प्रधानन्यायाधीश एवं न्यायपरिषद अध्यक्ष सुशीला कार्कीले उनलाई उमेर नखुलेसम्मका लागि काम नगर्न÷नगराउन आदेश दिएकी थिइन् ।

बस्न्यातले आफ्नो वास्तविक जन्ममिति २०११ असार १९ रहेको र आफूले बुझाएको सम्पूर्ण प्रमाणहरुमा समेत उक्त मिति नै उल्लेख रहेको दावी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot