Logo

एसईईमा रुपन्देहीका आदर्श सर्वाेत्कृष्ट, चार जीपीए ल्याए



काठमाडौं ३ असार । शुक्रबार सार्वजनिक भएको एसर्ईई परीक्षामा रूपन्देही सैनामैनाका आदर्श पाण्डेय चार जीपीए प्राप्त गरी सर्वोत्कृष्ट भएका छन् । सैनामैना–८ स्थित रामापुर रिभाइबल स्कुलका पाण्डेयले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेपछि खुसियाली छाएको छ ।

रूपन्देहीमा गत वर्ष पनि मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी छात्रा समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन् । विद्यालयका प्राचार्य कृष्ण शर्माले पाण्डेले ४ जीपीए कुनै विद्यार्थीले नल्याएको दाबी गर्दै पाण्डेय नै नेपाल प्रथम भएको बताए । उनले आशिष नर्सरीदेखि नै आफ्नो विद्यालयमा पढेको बताए । आशिषले ४ जीपीए ल्याएपछि विद्यालयले शनिबार विजयोत्सव ¥याली निकाल्ने तयारी गरेको छ । उनी १८ माघ २०५७ मा जन्मिएका हुन् । उनका बुबा खेमराज पाण्डे सरकारी शिक्षक हुन् भने आमा खुमादेवीले आशिषले पढ्दै आएको रिभाइबलमै शिक्षण गर्दै आएकी छिन् । ०४८९९५३ ‘आई’ उनको सिम्बोल नम्बर हो । राजधानीबाट

आशिषले प्रत्येक विषयमा ए प्लस (चार जीपीए) ल्याएका छन् । आशिषले आफ्नो मिहिनेतको फल प्राप्त भएको भन्दै यसको श्रेय गुरुहरूलाई जाने बताए । विद्यालयका मिहिनेती र अब्बल विद्यार्थी रहेको र उनी सधैं कक्षा प्रथम हुने उनका बुबा खेमराज पाण्डेयले बताए । उनले छोराले रूपन्देही जिल्लाकै इज्जत बढाएको भन्दै उसले चाहेको विषय पढाउने बताए । विद्यार्थी पाण्डेले आफू डाक्टर बन्ने सपना रहेको सुनाए । ‘मेरो सानैदेखि डाक्टर बन्ने रहर हो, म त्यही क्षेत्रबाट समाजसेवा गर्छु,’ उनले भने ।

दुई वर्षयता बुटवलदेखि पश्चिममा रहेको सैनामैनाको विद्यालयले राम्रो नतिजा सार्वजनिक गर्न थालेका छन् । रूपन्देहीमा सामुदायिक विद्यालयहरूले पनि उत्कृष्ट नतिजा ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot