Logo

अछामको तीन तहमा कांग्रेस र माओवादीबीच तालमेल



काठमाडौं ५ जेठ । स्थानीय तहको निर्वाचनमा अछामका तीन वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माअोबादी केन्द्र बीच चुनावी तालमेल भएको छ।  जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउपालिका र मेल्लेख गाउपालिकामा दुई पाटीले तालमेल गरेर चुनाब लड्ने निर्णय गरेका हुन।तीन मध्ये दुई तहमा नेपाली कांग्रेस र एक तहमा माअोवादी केन्द्रले प्रमुख पद लिएका छन्। कांग्रेसले मंगलसेन र बान्निगढी जयगढ तथा माअोवादी केन्द्रले मेल्लेखमा प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसले प्रमुख पद लिएको ठाउमा माअोवादी केन्द्रको उपप्रमुख तथा माअोवादी केन्द्रले प्रमुख पद पाएको ठाउमा नेपाली कांग्रेसले उपप्रमुख पदमा मनोनयन दर्ता गरेको सम्बन्धित तहका निर्बाचन अधिकृतले जानकारी दिनु भएको छ ।

मंगलसेनमा प्रमुख पदमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहनु भएका चन्द्रप्रसाद ढुंगाना तथा उप मेयर पदमा माअोवादी केन्द्रका लोक बहादुर बोगटी, बान्नीगढी जयगढ गाउपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका राजेन्द्र खडका र उपप्रमुखमा माअोबादी केन्द्रका लोकबहादुर साउद तथा मेल्लेख गाउपालिकामा प्रमुख पदमा नेकपा माअोबादीका लोकबहादुर बोहोरा तथा उप प्रमुखमा नेपाली कांग्रेसका धनबहादुर शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ। मंगलसेन र जयगढमा वडा तहमा तालमेल नभए पनि मेल्लेखमा वडास्तरमा पनि तालमेल भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot