Logo

जोतिषको सल्लाह अनुसार प्रधानमन्त्री भएको १३औं दिनमा देउवाले घर छाडे



काठमाडौं ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सरेका छन् । जोतिषको सल्लाह अनुसारप्रधानमन्त्री देउवा आज बिहान ६ बजे नै बालुवाटार सरेका हुन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन ।

पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो । उहाँ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ पारेर सरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot