Logo

राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिलाई कति ?



काठमाडौं ६ असार ।राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ । यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्