Logo

शिथिल हुँदै राजपा आन्दोलन



काठमाडौं ८ असार । निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ । प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो ।  राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो ।भैरहवा, कपिलबस्तुमा राजपाका नेता कार्यकर्ता नै चुनावी अभियानमा लागेका छन् । आन्दोलन कमजोर भएपछि राजपा नेताहरु राजधानी फर्केर फेरि सरकारसँग छलफल गर्ने तयारीमा लागेका छन् ।   तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, ‘हामी जोडतोडका साथ तयारी गर्दै छौं हाम्रो आन्दोलन तुहिएको छैन ।’



प्रतिक्रिया दिनुहोस्