Logo

आफ्नो सरुवाका विषयमा निर्वाचन आयोगका सचिव मैनालीको खुलासा



काठमाडौं ९ असार । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन आयोगका पदाधिकारीले स्रोत साधनको दुरुपयोग गरेको बताएका छन् । त्यो दुरुपयोग रोक्न खोज्दा आफ्नो सरुवा भएको उनले दावी गरे । नेपाली रेडियो नेटर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै मैनालीले विलासी गाडी खरिद गर्न सहमति नजनाउँदा आफ्नो सरूवा भएको प्रतिक्रिया दिए । उनलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरूवा गर्ने निर्णय गरेको हो ।

‘निर्वाचन सामग्रीका नाममा विलासी गाडी किन्न नहुने सुझाव दिएपछि मेरो सरुवा भएको हो,’ उनले भने, ‘आयोगका दुईवटा गाडी, दुईवटा मोटरसाइल एउटै आयुक्तले पनि चढिरहेका छन् । त्यो दुरुपयोग रोक्न खोज्दा सरुवा भयो । ’
उनले गाडीलाई निर्वाचन सामग्री बनाउन खोजेको आरोप लगाए । चितवनको भतपुर घटनाका विषयमा पनि कुरा नमिलोके उनले स्वीकार गरे । निर्वाचन आयोगका पदाधिकारीले भने उनले आयुक्तलाई समेत अटर गर्ने गरेको, मनोमानी ढंगले चलेको जस्ता आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot