Logo

एउटै पदमा देउरानी जेठानी भिडेपछि सासुलाई तनाव



काठमाडौं ११ असार । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।

यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र एमालेले उनकी देउरानी गीता पाण्डेलाई उठाउको छ । ८० बर्षीया सासुलाई भने दुइ वटै बुहारीको उत्तिकै माया लाग्ने भएकाले कुन बुहारीलाई भोट दिने भन्ने समस्या भएको खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्