Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा



काठमाडौं ११ असार । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपासँगको वार्तामा सरकारले दोस्रो चरणको निर्बाचन अघि थरुहट क्षेत्रमा आफ्ना कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता र कैदी बन्दीहरुलाई रिहा गर्ने आश्वासन दिएको थियो ।

तर निर्वाचन नजिकिदैं जाँदासमेत मुद्दा फिर्ता नभएको र बन्दीहरुको रिहासमेत नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राजपाका सहमहामन्त्री राकेश मिश्रले बताए ।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताए । उनले भने, वर्तमान सरकारले एकापट्टि सहमति पनि गरेको छ अर्कोपट्टी विरोधसभामा गोली पनि चलाएको छ । त्यसकारण अहिलेको सरकारलाई समर्थन दिइराख्नु औचित्य छैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot