Logo

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब



काठमाडौं १२ असार । पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन् । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा मुख्य खबर छ ।

नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ ।

तर व्यवसायीहरुले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पुर्याउनुपर्ने मागसहित दबाब दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot