Logo

शीर्ष नेता को कहाँ मत हाल्दै ?



काठमाडौं, असार १३ ।  स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । आजको नयाँ पत्रिकामा यो खबर छ । शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् ।

शीर्ष नेताहरूले भोलि बुधबार कहाँबाट मतदान गर्दैछन् ?
– प्रधानमन्त्री शेरबहादुर देउवा : गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्र

– सभामुख ओनसरी घर्ती : लिवाङ–७ रोल्पाको बालोदय माध्यमिक विद्यालय केन्द्र

उपराष्ट्रपति नन्दबहादुर पुन : खोलीगाउँपालिका–२ रोल्पा

– झलनाथ खनाल : इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि केन्द्र

– कृष्ण सिटौला : झापाको भद्रपुर–१० स्थित कबलगुडी प्रावि

– वामदेव गौतम : बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमावि

– सुवास नेम्बाङ : इलाम नगरपालिका ७, बालमन्दिर आधारभूत विद्यालय केन्द्र

– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा : रोल्पाको लिवाङ नगरपालिका–१को तारा माध्यमिक विद्यालय केन्द्र



प्रतिक्रिया दिनुहोस्

Screenshot