Logo

मतदान जारी : कतै टन्टलापुर घाम कतै झरी



काठमाडौं १४ असार । आज स्थानिय तहको चुनावमा भिज्दै मतदान गर्नुपर्ने देखिएको छ । मौसमविद्ले आज दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नपछि ठूलो बर्षा हुने बताएका छन् । केही स्थानमा अहिले बिहानै देखि पानी परिरहेको छ । प्रदेश नम्बर ५ का केही जिज्लामा पानी परेकाले मतदाता छाता ओडेर मतदाताहरु लाइनमा बसिसकेका छन् । मध्याह्नपछि बढी वर्ष हुने सम्भावना रहेको भन्दै उनीहरूले मतदातालाई यस्तो सुझाव दिएका हुन् ।

बिहान ७ बजेअघि वर्षा भए पनि ७ बजेपछि प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचन हुने प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा बुधबार मध्याह्नपछि भारी वर्षा हुन सक्ने जनाएको छ । बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरूमा सामान्य वर्षा हुनेछ ।

प्रदेश–५ र ७ प्रदेशमा भने ७ बजेदेखि नै बादलले ढाके पनि पानी नपर्ने जनाएकोे छ ।  लगातार झरी नपरे पनि मौसम बदली भई कुनै पनि बेला पानी पर्ने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot