Logo

मतदाताको उत्साहपूर्ण सहभागिता, कुन नेताले कहाँ कति बजे मतदान गरे ?



काठमाडौं १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन शुरु भएको छ । बिहानै देखि मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । बिहान ७ बजे मतदान सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । कपिलबस्तु, रुपज्देशी, नवलपरासी लगायतका ठाउँमा पनि मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि डडेल्धुराको गन्यामधुरा गाउपालिका १ को रुवाखोलामा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

सभामुख ओनसरी घर्ती, पूर्व सभामुख सुवास नेम्वाङ, एमाले नेता वामदेव गौतम, भीम रावल, कांग्रेसका नेता कांग्रेस न्ेता केपी गुरुङ लगायतकाले पनि बिहान ७ बजेको केहीसमयमा नै मतदान गरिसक्नु भएका्े छ ।प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मतदान शुरु भएको हो । बिहान ७ बजेबाट शुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा गत वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ ।

दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन भइरहेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot