Logo

धेरै ठाउँमा मतगणना जारी, २ ठाउँको नतिजा आयो



काठमाडौं १५ असार । दोस्रो चरणको चुनाव अन्र्तगत अधिकांस ठाउँमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान सकिएलगत्तै  रातीबाट मतगणना सुरु भएको हो । बिहानसम्मको जानकारी अनुसार २ सयभन्दा बढी ठाउँमा मतगणना भइरहेको छ । मतगणनामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा रहेको छ ।अहिलेसम्म कांग्रेसको अग्रता देखिएको छ । दुई ठाउँको नतिजा आइसकेको छ।

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनुभएको छ । उहाँ ५ सय ४० मत ल्याएर विजयी हुनु भएको हो । नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा ४७८ मत ल्याएर कांग्रेस उम्मेदवार विजयी भए भने उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ५४९ मत ल्याएर विजयी भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot