Logo

‘हवल्दार हिरो’को वाहवाही,गृहमन्त्रीले गरे पुरस्कार दिने घोषणा



काठमाडौं १५ असार ।  हिजो निर्वाचनको सुरक्षा व्यवस्था गर्ने क्रममा दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले दाङमा साहसी काम गर्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री शर्मा र प्रहरीका उच्च अधिकारीले हवल्दार रानालाई टेलिफोन गरेर साहसिक काम गरेकोमा स्याबासी दिएका थिए ।

गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् । दाङको तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । तर, नेपाल प्रहरीका साहसी हवल्दार रानाले त्यो बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए ।

आफ्नो ज्यानको पर्वाह नगरी बम टिपेर फाल्ने साहस देखाएकोमा उनको वाहवाही भएको छ । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्