Logo

प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा



काठमाडौं १६ असार । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो । उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए ।

अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी बोरामा राखेर फालेका थिए । घटनाको भोलिपल्टै भारत लागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले इन्टरपोलसमक्ष ‘रेड कर्नर’ नोटिसका लागि गत साता आग्रह गरेको थियो । –नयाँ पत्रिका दैनिकबाट

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot