Logo

बिहान साढे ६ बजेसम्मको नतिजा, कसले कहाँ जिते ?



काठमाडौं १७ असार । स्थानिय तहको चुनावी परिणाम अनुसार कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ । एमालेले अग्रता बढाउँदै लगेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिले बिहान सम्ममा ५७ स्थानीय तहको नतिजा आएको छ ।
नतिजा अनुसार नेकपा एमाले २५, कांग्रेस २१, माओवादी केन्द्र ९, जनमोर्चा र संघीय समाजवादी फोरमले १—१ स्थानमा विजयी भएका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विजयी उम्मेदवारहरु

नेपाली कांग्रेस
१. काँडा गाउँपालिका, बझाङ नेपाली काँग्रेसका राजेन्द्र धामी
२. चिचिला गाउँपालिका, संखुवासभा कांग्रेसका नेर्वु शेर्पा
३. शिलिचाङ गाउँपालिका संखुवासभा कांग्रेसका रामबहादुर कुलुङ
४. बाजुराको छेडेदह गाउँपालिकामा कांग्रेसका नरबहादुर राउत विजयी
५. बडीमालिका नगरपालिका, बाजुरा, पदम बडुवाल
६. दरबार गाउँपालिका गुल्मी, अशोक कुमार थापा
७. महाकाली नगरपालिका, दार्चुला हंशराज भट्ट
८. केआईसिंह गाउँपालिका डोटी, लोकेन्द्र बहादुर शाही
९.भागेश्वर गाउँपालिका डडेलधुरा कौशिला भट्ट
१०. आलिताल गाउँपालिका , डडेलधूरा बलबहादुर गुरुङ
११. गन्यापधुरा गाउँपालिका डडेलधुरा नवलसिंह मल्ल
१२. हिमाली गाउँपालिका, बाजुरा गोबिन्दबहादुर मल्ल
१३. ऐसेलुखर्क गाउँपालिका खोटाङ, बिश्वनाथ निरौला
१४. प्रतापपुर गाउँपालिका, नवलपरासी राजकुमार शर्मा
१५. मरिङदेन गाउँपालिका ताप्लेजुङ, गणेश बहादुर लिम्बु
१६. चन्द्रकोट गाउँपालिका , गुल्मी द्रोणबहादुर खत्री
१७. तुम्बेवा गाउँपालिका पाँचथर, होमनाथ थापा
१८. बड्डीकेदार गाउँपालिका डोटी, कृष्ण बहादुर चन्द
१९. सूर्नया गाउँपालिका, बैतडी, वीरबहादुर विष्ट
२०. आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ विश्व सिटौला
२१. भोजपुर नगरपालिका, भोजपुर, कैलाशकुमार आले

नेकपा एमाले
१. मस्टा गाउँपालिका बझाङ, कर्णबहादुर कडायत
२. जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
३. बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही
४. अमरगढी गाउँपालिका डडेलधुरा, विश्वेश्वर प्रसाद ओझा
५. गौमुल गाउँपालिका बाजुरा, हरि रोकाया
६. पञ्चेश्वर गाउँपालिका, बैतडी गोरखबहादुर चन्द
७. मौवाखोला गाउँपालिका ताप्लेजुङ, राजन थुलुङ
८. रामप्रसाद राई गाउँपालिका विजय राई
९. थलारा गाउँपालिका बझाङ, भुवनेश्वर उपाध्याय
१०. बित्थडचिर गाउँपालिका बझाङ, प्रेमबहादुर बोहरा
११. ताप्ली गाउँपालिका, उदयपुर, उद्धवसिंह थापा
१२. लेकम गाउँपालिका, दार्चुला परमानन्द जोशी
१३. सुस्ता गाउँपालिका, नवलपरासी रामप्रसाद पाण्डे
१४. दुर्गाथली गाउँपालिका, बझाङ प्रयागराज जोशी
१५. खाल्सा छिन्ताङ सहिद भूमि, गाउँपालिका धनकुटा, मनोज राई
१६. अपि हिमाल गाउँपालिका, दार्चुला धर्मानन्द मन्याल
१७. तलकोट गाउँपालिका बझाङ, लालबहादुर विष्ट
१८. हिलिहाङ गाउँपालिका पाँचथर, भुवानी प्रसाद लिंदेन
१९. तिनाउँ गाउँपालिका पाल्पा, ओमबहादुर घर्ती मगर
२०. ट्याम्के मैयुम गाउँपालिका भोजपुर, ध्रुबराज राई
२१ मादी नगरपालिका संखुवासभा, विदूर लिंथेप
२२. मिक्वाखोला गाउँपालिका ताप्लेजुङ, रामकुमार सावा
२३. हतुवागढी नगरपालिका भोजपुर, प्रेमबहादुर राई
२४. सन्दकपुर गाउँपालिका इलाम, उदय राई
२५. नवदुर्गा गाउँपालिका डडेल्धुरो कविन्द्र विष्ट

नेकपा माओवादी केन्द्र
१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु डम्बरबहादुर बस्नेत
२. महाकुलुङ गाउँपालिका सोलुखुम्बु, सागर किराँती
३. पुथा उत्तरगंगा गाउँपालिका रुकुम, ओमप्रसाद घर्ती
४. बंगलाचुली गाउँपालिका दाङ, भक्तबहादुर ओली
५. भूमे गाउँपालिका रुकुम, रामसुर बूढा
६. अजयमेरु गाउँपालिका डडेलधुरा, उमेश भट्ट
७. सिस्ने गाउँपालिका, रुकुम कुमारी बराल
८. थवाङ गाउँपालिका रोल्पा, वीरबहादुर घर्ती
९. लालझाडी गाउँपालिका, कञ्चनपुर, मदन बडायक

 

राष्ट्रिय जनमोर्चा
१. मल्लरानी गाउँपालिका, प्युठान अमरध्वज राना

 

संघीय समाजवादी फोरम
१. नरैनापुर गाउँपालिका बाँके, इस्तियाक अहमद शाह



प्रतिक्रिया दिनुहोस्

Screenshot