काठमाडौं १८ असार ।
छथर गाउँपालिका प्रमुखमा विजयी उमेरले सवै भन्दा कान्छा प्रमुख सन्तोष तिगेलाले छथर क्षेत्रलाई कृषि पर्यटनमा अगाडी वढाउने बताएका छन् ।
कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका नातामा काका पर्ने टेकराज तिगेलालाई हराएका सन्तोष विजयी हुने उम्मेदवार मध्ये सवै भन्दा कान्छा उम्मेदवार हुन् । कांग्रेसका टेकराजले २ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । कृषि पर्यटनको विकास गरी छथरवासीको आयस्रोत वढाउने आफ्नो पहिलो योजना उनले सुनाए ।
३ हजार ४ सय २६ मत प्राप्त गरी विजयी भएका तिगेला भाषण कलामा समेत निकै पोख्त छन् । छथरको माथिल्लो क्षेत्र वेमौषमी तरकारी, दुध, आलु, पशुपालन, अदुवा, अंलैची, अम्लीसो लगायतका कृषि उपज प्रयाप्त उत्पादन हुने क्षेत्र भएकाले यो स्रोतको वुद्धिमतापुर्ण प्रयोग गर्ने योजना आफुले वनाएको तिगेलाले वताए ।
तमोर नदी संग सिमा जोडीएका छथर क्षेत्रका गाविस सुख्खा रहेकाले ती गाविसमा पिउने र सिँचाइ गर्ने पानीको व्यवस्था गर्ने अर्को योजना आफुले वनाएको तिगेलाले वताए । तमोर नदीको पानी लिफ्ट प्रणाली वाट सुख्खा गाविसमा ल्याउन वृहत खानेपानी योजना संचालन गर्ने आफुले योजना वनाएको तिगेलाको भनाई छ । पानी अभावमा छथर क्षेत्रका साविकका पञ्चकन्या, हमरजुङ, ओख्रे र फाक्चामारा गाविस वाट वसाई सराई दर उच्च रहेको छ । ‘पिउने र सिंचाई गर्ने पानीको व्यवस्था गरी वसाई सराई रोक्ने योजना वनाएको छु’ प्रमुख तिगेलाले भने ।
३१ वर्षीय तिगेलाले छथर गाउँपालिका केन्द्र शुक्रवारे वजारमा प्राविधिक शिक्षालय संचालन गरी युवालाई रोजगार मुखी शिक्षा दिलाउने योजना सुनाए । दुई दशक देखी निर्माणाधिन सिंधुवा शुक्रवारे सडक कालोपत्रे गरी वाह्रै महिना सवारी संचालन गर्ने योजना पनि आफुले वनाएको उनले वताए । कांग्रेस उम्मेदवार टेकराज तिगेलालाई ८ सय ७४ मत अन्तरले पराजीत गरेका उनले गाउँ वाट विकासको नमुना देखाउने उद्घोष गरे । ग्रामिण विकासको मोडेल कस्तो हुन्छ भनेर देखाउने योजना आफुले वनाएको तिगेलाले वताए ।
तिगेला केही समय अघि सम्म रेडियो पत्रकारितामा संलग्न थिए । ४ वर्ष शिक्षण पेशामा विताएका तिगेलाले जिल्लामै कृयाशिल गैरसरकारी संस्था दलित सचेतना समाज नेपालमा वाल प्रायोजन तथा वालअधिकार संयोजक पदमा काम गर्दै गर्दा उम्मेदवारी दर्ताको अघिल्लो दिन राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए ।
सांस्कृतिक क्षेत्रमा रुची राख्ने तिगेला फक्ताङलुङ जनसांस्कृतिक मञ्चका अध्यक्ष समेत हुन् । सांस्कृतिक क्षेत्र वाट कला, संगित र संस्कृति संरक्षणको अभियानमा उनी लामो समय देखी कृयाशिल छन् । गैरसरकारी संस्था महासंघ जिल्ला शाखाको सचिव समेत रहेका तिगेला एमालेको गाउँ तहदेखि नै राजनीतिमा संलग्न भएका थिए । एमालेको भातृ संगठन जनसांस्कृतिक महासंघ नेपालका जिल्ला अध्यक्ष समेत रहेका तिगेला एमाले जिल्ला कमिटिको दुई कार्यालय सदस्य भैसकेका व्यक्ति हुन् । कान्तिपुरबाट