Logo

कैलालीको टिकापुरमा एमालेको अप्रत्यासित जित



काठमाडौं २० असार । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् ।

सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै टपेन्द्रले ५ हजार ९५९ मत प्राप्त गरे ।

निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भइन् । उनले ६ हजार २३६ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५५५३ मत ल्याइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot