Logo

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी



 

काठमाडौं २१ असार । रोजगार अनुमति प्रणाली (इपीएस) बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ । रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पुरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई त्यहाँको सरकारले अवैध घोषणा गर्छ ।

कोरिया सरकारको कानुनअनुसार अवैध घोषित हुने गरी अझै पनि करिब २ देखि ३ प्रतिशत रहेको वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जानकारी दिएको छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्