Logo

पुरोहितको झोँक : श्रीमतीले चुनाव हारेपछि जजमान बहिष्कार



काठमाडौं, असार २२ । श्रीमतीले चुनाव हारेको झोकमा यहाँका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ ।
पुरोहित हरिप्रसाद दाहालकी पत्नी रिता दाहाल कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिकाको ५ नम्बर वडामा महिला सदस्य थिइन् । कम्तिमा ६ सय मत आउने अपेक्षा गरेका दाहालले पत्नीको मत १३७ मात्र आएपछि आक्रोशित भएका हुन्। ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानहरूको मुख्य हात रह्यो,’ दाहालले भने,’१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’ दाहालले जजमानको घरमा मृत्युपछिको मासिक पनि नगरिदिएपछि गाउँमा खैलाबैला मच्चिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्