Logo

चार दशकदेखि निरन्तर जनप्रतिनिधि



काठमाडौं २५ असार । चार दशकदेखि निरन्तर जनप्रतिनिधि चुनिइरहनु जो कसैको लागि सजिलो कुरा होइन । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका दान बहादुर बानीयाँ भने यस्तो सफलताको प्रतक्ष्य उदहारण हुन् । आजको कान्तिपुरमा खबर छ ।

२०३२ देखिका हरेक चुनावमा स्थानीय तहमा प्रतिनिधित्व गर्दै आएका ६४ बर्षीय बानियाँ अहिले वडाध्यक्ष चुनिएका छन् । ०३२ मा वडाध्यक्ष, ०३९ मा प्रधानपञ्च, ०४९ र ०५४ मा गाविसमा अध्यक्ष जितेका उनी नयाँ पुनसंरचनाको स्थानीय तहमा वडाध्यक्ष निर्वाचित भए ।

कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका बानियाँ राजनीतिमा सानै उमेरदेखि प्रवेश गरेको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot