Logo

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागि हुन बार्गेनिङ गर्दै



काठमाडौं २५ असार । राप्रपाले सहकार्यका लागि उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय दिनुपर्ने माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शनिबार भएको छलफलमा राप्रपाले उक्त सर्त राखेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाटै लिएका हौ ।
छलफलमा राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणा सहभागी थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा थापाले सर्त पूरा नभए सरकारमा सहभागी नहुने र संशोधनमा सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन्। राणाले राप्रपाको मागबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको बताए ।
‘संसद्मा पार्टीको आकारअनुसार सरकारमा उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय दिनुपर्ने माग हाम्रो पार्टीका तर्फबाट राखिएको हो,’ राणाले भने, ‘तर, प्रधानमन्त्री दिने मनस्थितिमा भएजस्तो लागेन। छलफल गरौँला, सबैलाई मिलाउनुपर्ने छ भन्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्