Logo

नरहरीनाथ स्मृति प्रतिष्ठानको नयाँ कार्यसमिति चयन



काठमाडौं, २५ असार । राष्ट्रगुरु योगीनाथ नरहरीको सम्झनामा नरहरीनाथ स्मृति कला साहित्य प्रतिष्ठान गठन भएको छ।  तदर्थ समितिका संयोजक धनराज वास्तविकको सभापतित्वमा सम्पन्न भेलाले रत्न कमल बिष्टको अध्यक्षतामा नयाँ २५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
ईतिहासविद प्रेम कैदी प्रमुख अथिति रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थीति रहेको थियो ।

विश्व केसी, विन्दमान बिष्ट, मोतिराज बम, अनिल योगी, राजेन्द्र बिष्ट, राष्ट्रगुरुका चेला शिरिसनाथ लगायतको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ कार्यसमितिमा बरिस्ठ उपाध्यक्षमा मंगल बिष्ट ‘मनसुन’, उपाध्यक्षमा धीर बहादुर बिष्ट, महासचिवमा प्रदीप बोहरा, सचीवमा क्रमशः सुर्य भट्टराई, परेक बटाला, कोषाध्यक्ष, शुसिला धिताल, लगाएत २५ सदस्यीय कार्यसमितिमा रहने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot