Logo

पशुपतिलाई दोहोरी प्रतियोगितामा पराजितगर्नेे गाएक वीरेन्द्रको कथा – भिडियो सहित



काठमाडौं, २५ असार । नेपाली गीत संगीतको क्षेत्रमा साविक मध्यपश्चिम हाल प्रदेश नम्बर ६ कला क्षेत्रको मुहान हो भन्दा फरक नपर्ला ।
६ नम्बर सल्यानको लान्तीको माटोमा जन्मिएका सर्जक गायक वीरेन्द्र बि.क यसै क्षेत्रका एक उदारहणिय कलाकार हुन्।

उनले देशका चर्चित गायिकासँगको सहकार्यमा दुईसय भन्दा बढि गीतमा आवाज भरेका छन्। राधिका हमालसँग मात्रै २२ वटा गीत गाएका छन् । लक्ष्मी न्यौपाने, बिमा कुमारी दुरा, शर्मिला गुरुङ, सिन्धु मल्ल र अन्जना गुरुङसँग एउटा चलचित्रको गीत गायको बताउछन् ।

२०५६ साल महेन्द्रनगरमा पुगेर पहिलो चोटी गीत आधिकारीक रुपमा गीत संगीतमा पाईला टेकेका बिकले २०५८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका हुन् । अर्को कुरा स्वर परिक्षामा पास गर्नको लागि दोस्रो पटक प्रयास गर्नु नपरेको बताउछन् ।

गायक बिकको जीवनमा अनेक प्रकारका उतार चढाव आएका छन् । २०५८ सालमा राजधानीमा आएर गीत गाउन र स्वर परिक्षा पास गर्नको लागि सुरक्षाका दृष्टीकोणले अनेक उल्झनहरूको सामना गर्नुपरेको स्मरण गर्छ।

समय बित्दैजादा राजधानीको भृकुटीमण्डपमा आयोजीत किङ्फिसर राष्ट्रिय दोहोरी गीत प्रतियोगीतामा अहिलेका चर्चित गायक पशुपति शर्मासँग पराजय भोग्नु पर्यो ।

इख बिनाको मानिस र विष बिनाको सर्प एउटै हुन् भन्ने मान्यतालाई मनमा राखेर यसै क्षेत्रमा लागि पर्ने अठोट गर्दैगर्दा वुटवल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगीतामा पशुपति शर्मा र स्मृति ढुङ्गाको टिमलाई पछि पार्दै हारको बदला दिएको ईतिहास छ । बाँकि भिडियो हेनुस्

https://www.youtube.com/edit?o=U&video_id=el3IZpKKn_A

 



प्रतिक्रिया दिनुहोस्

Screenshot