Logo

अमेरिकी विदेशमन्त्री टर्कीमा, टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता



इस्तानबुल, २६ असार । अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुग्नुभएको समाचार छ । उहाँले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यसैगरी उहाँले आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नुभएको टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिका र टर्की सिरियाका विषयमा विभाजित छन् । उनीहरु एकले अर्को राष्ट्रको एजेण्डालाई मान्दैनन् ।

तर यी दुई देश नेटो संगठनमा भने सदस्य रहेका छन् । अमेरिकी विदेशमन्त्री रेक्सले टर्कीस राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचको भेटवार्तामा भएका कुरकानीका बारेमा सञ्चारले भने केही दिएका छैनन् ।

तर पनि उहाँहरुबीच सिरियामा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, कतारमा विकसित कूटनीतिक तनावका बारेमा कुराकानी भएको टर्कीको सरकारी समाचार समिति, अनादोलुले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री टिलरसन र टर्कीस राष्ट्रपतिबीच आइतबार साँझ लामो कुराकानी भएको बताइएको छ । सिरियामा विगत पाँच वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी छ । सो आन्दोलनका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक हताहत भएका छन् ।

तर यसको शान्तिपूर्ण समाधानको मार्ग भने आजका मितिसम्म पनि कतैबाट निस्केको छैन । अमेरिकी विदेशमन्त्रीको यो भ्रमण पनि सिरियाली समस्या समाधानका विषयमा केन्द्रित हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot