Logo

बाढीपीडितको विचल्ली : धमिलो पानी र चिउराको भरमा



काठमाडौं २७ असार । आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै । सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो । बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ । बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।  नगारिक दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot