Logo

कोशी नदीमा हाम फालेर वृद्व बेपत्ता



इनरुवा, २७ असार । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।

सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot