Logo

रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिए



काठमाडौं, २७ असार । स्पेनिस खेलाडि रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् ।सोमबार राती भएको खेलमा लक्जेम्बर्गका जायल्स मुलरसँग पाँचौ सेटमा पराजित हुँदै नदाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।

सुरुवाती चार सेटमा दुई दुईको बराबरी भएपछि खेल पाँचौ तथा निर्णायक सेटमा पुगेको थियो ।चार घण्टा ४७ मिनेटसम्म चलेको खेलको पाँचौ तथा निर्णायक सेट १५/१३ ले जित्दै मुलरले तेस्रो पटक विम्बल्डन जित्ने नदालको सपना चकनाचचुर बनाइदिए ।

मुलरले अब क्वाटरफाइनलमा क्रोएसियाका मारिन सिलिचसँग खेल्नेछन् ।विम्बल्डन टेनिसकै अर्को खेलमा फ्रान्सका बेनाई पाईरेलाई हराउँदै ब्रिटेनका एण्डी मरे पनि क्वाटरफाईनलमा उक्लेका छन् ।

पाईरे विरुद्धको खेल मरेले ७-६, ६-४ र ६-४ को सोझो सेटमा जिते । यसैगरी बुल्गेरीयाका ग्रिगोर दिमित्रोभलाई हराउँदै स्विस खेलाडी रोजर फेडेरर पनि क्वाटरफाइनलमा पुगेका छन् ।

दिमित्रोभ विरुद्धको खेल फेडेररले ६-४, ६÷२ र ६-४ को सोझो सेटमा जितेका हुन् ।यता महिलातर्फ अमेरिकाकी भिनेस विलियम्स, ब्रिटेनकी योहाना कोन्टा, स्पेनकी गार्बिने मुगुरुजा, रोमानियाकी सिमोना हालेप र रुसकी कुज्नेत्सोभा क्वाटरफाइनलमा पुग्दा डेनमार्ककी क्यारोलिन वोज्नियाकी चौथो चरणबाटै बाहिरिएकी छन् । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot