Logo

किन जान लागे प्रचण्ड थाइल्याण्ड ?



काठमाडौं २८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार थाइल्याण्ड जानुहुने भएको छ । यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उहाँको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot