Logo

खुमन र भूमिकाको तिज गीत ‘भत्किएको धरहरा बनाउन जाम’



काठमाडौं, २८ असार । नेपाली गीतसंगीत क्षेत्रमा रहेर चर्चामा रहन सफल गायिका हुन् भूमिका शाह । पछिल्लो समय दर्शक श्रोताको भाबनाको कदर गर्दै उनि देशप्रेम अनि राष्ट्रियता प्रति समर्पित गीत गाउन थालेकी छिन ।

यसै समयमा हिन्दु नारिहरुको महान् चाड हरितालीका तिजको अवसरमा निकै भिन्न र उत्कृष्ट शब्द र लयले देश प्रति माया अनि सद्भाव भए देश निर्माणमा जुट्नुपर्छ भन्ने भावना जगाउने “अब रोएर छैन कुनै काम” बोलको तीज गीत सार्वजनिक गरेकी छिन ।

भूमिका शाहको “अब रोएर छैन कुनै काम”मा लय खुमन अधिकारीको रहेको छ । गीतमा भूमिका शाहलाइ साथ दिएका छन् चर्चित गायक खुमन अधिकारीले ।

निकै रोमान्चक ढंगले तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निर्देशन भूमिका र सुशीलले गरेका छन् ।भिडियो छायांकन सुशील बानिया र सुरेश राउत को सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्