Logo

गायिका देविकाको स्वरमा यो वर्ष २ वटा तिज गीत सार्वजनिक



काठमाडौं, २९ असार । चर्चित गायिका देविका केसीले यो वर्षको हरितालिका जितलाई लक्षित गरि २ वटा गीत रेर्कड गरेकी छिन् । प्राय वर्षमा थोरै स्वदेश तथा धेरै समय विदेशमा बस्ने गायिका मध्यकी एक कलाकार हुन भन्दा अन्यथा नहोला ।

गायिका केसीले स्वर दिएका गीतहरु चर्चामा रहने गर्दछन् । पशुपति शर्माको शब्द तथा लयमा तयार भएको गीत

मेरो छोराले कामिनी ल्यायो,
मेरी छोरीनी दमाई सित गई,
म नि बाहुनसँग आकै हो,
हामी नेपाली हौँ, मलाई त्यत्ति थाह छ,
हुन्न हुन्न हाम्रो घरमा जातको कुरा हुन्न,

हामीले नेपाली हौँ, मलाई त्यत्ति थाह छ, बोलको गीतले जातियताको नाममा समाजमा दुरी बढाउने भन्दै उक्त गीतलाई सामाजिक सञ्जालमा बजाउन बन्जेद गरिएको थियो । गायक पशुपति शर्मा र गायिका केसीले सकात्मक सोच र कुनै अनुचित धारणाले निमार्ण नगरेको दावि गरेपनि गीत आजसम्म बन्देज नै छ ।

गायिका देवकि केसीलाई भने यो गीतले सर्वत्र चर्चामा राख्यो । उनका अनेकौ गीत चर्चित छन् ।

बिहे नगरुन्जेल छोरो,
बिहे गरेसि बुहारीको पोई,
बुढेसकालमा कोही न कोही  

जस्ता अनेकौ चर्चित गीतकी गायिका देविका केसीले यसपालि नैना र रेसम, पारिको सङ्गीले बोलायो, लगायतका गीतमा आवाज दिएकी छिन् ।

यस वर्षको एउटा गीत



प्रतिक्रिया दिनुहोस्

Screenshot