Logo

कांग्रेसका नेता जोशीकोआज बिहान अन्तेष्टि गरिदै



काठमडौं ३० असार । कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ । बिहीबार साँझ निधन भएका जोशीको आज अन्तेष्टि गरिदैछ । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको बिहीबार बेलुका निधन भएको छ ।

दम र निमोनियाको उपचारमा रहनुभएका नेता जोशीको बेलुका साढे ७ बजे ग्राण्डी अस्पतालमा निधन भएको थियो । घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका जोशी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।

नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कांग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका जोशी अविवाहित थिए ।

सर्लाही क्षेत्र नम्बर ३ बाट २०४८ र २०५१ सालको निर्वाचनमा निर्वाचित जोशी शिक्षा र पर्यटन मन्त्री भएका थिए । राजनीतिमा आउनुअघि सर्लाहीमा एक विद्यालयको प्रधानाध्यापक थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटमार्फत जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्