Logo

काँगेसकै नेतृत्वमा संविधान कार्यान्वयन–नेता सिंह



पोखरा, ३१ असार । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा आज यहाँ आयोजित शोक सभामा बोल्दै नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँंल्याउनुभयो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र काँग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताउनुभयो ।

नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएभैm आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणा राख्नुभयो ।

उहाँले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गर्नुभयो । यसअघि कास्कीका पार्टी सभापति कृष्ण केसीले स्व रामहरि जोशीको योगदानमाथि प्रकाश पार्नुभएको थियो ।

सो कार्यक्रममा काँग्रेसका नेता चन्द्र भण्डारी, दीपक गिरी, एनपी साउद, शङ्कर भण्डारी र पार्टीका कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्