Logo

बन्दना र सबिनाको ‘मलाई जोगी बनायो’ बजारमा



काठमाडौं, ३१ असार । नेपाली गीत संगीतको क्षेत्रमा धेरै आए, जति आए उति टिक्दैनन् । कोही रहरले आउछन् कोही कहरले । कोही रहर मेट्नको लागि ।

पछिल्लो समयमा चर्चामा रहन सफल गायिका हुन् बन्दना पाण्डेय । उनले आजका दिनसम्म करिब १ सय जति गीतमा आवाज भरि सकिन । सबै किसिमका गीत गाउन सक्ने क्षमताकी धनी पाण्डेले खुमन अधिकारी र भागिरथ चलाउने जस्ता दोहोरी गीतका हस्तसँगको सहकार्य पाएको सत्य हो।

घर परिबारनै साँगीतिक माहोलमा माउने भएर पनि उनि यसै क्षेत्रमा आएको बताउछिन् । यस क्षेत्रमा आउदाका दिनमा थुप्रै प्रकारका संर्घष गर्नु परेको बताउछिन् । २२ वर्षको उमेरमा बिहे बन्धनमा बाँधिएकी पाण्डेय एक सन्तानकी धनी हुन । आजका दिनसम्म आउदा घरपरिवार सबैले राम्रै साथ दिएको बताउछिन् ।

पछिल्लो समयमा उनले हिन्दु नारिहरुको महानचाँड हरितालीका तिजको अवसर पारेर खुमन अधिकारीको लय तथा शब्दमा ‘मलाई जोगी बनायो बोलको तीज गीत बजारमा ल्याएकि छिन् ।

‘मलाई जोगी बनायो’ बन्दना पाण्डेय चर्चित गायक खुमन अधिकारी, अमृत खाँती र सबिना कुवरले स्वर दिएका छन् ।  यस गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने सुनिता गौतम र केशव भट्टराईको अभिनय रहेको छ ।  यस गीतको भिडियो करन चैसिरले छायांकन गरेका छन् र बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot