Logo

सचिवहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन !



काठमाडौं १ साउन । राजधानीका सडकले बेहाल बनाएपछि सरकार तात्तिएको छ । सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका सचिवहरुसँग छलफल गर्दैछन् । उनले आज सचिवहरुलाई कडा निर्देशन दिने तयारी गरेका छन् ।

अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवसँग आइतबार छलफल गर्न लागेका हुन् ।

बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बैठकमा भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने तयारी गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot