Logo

रामजी खाँडको अभिनय रहेको ‘झलमल’ तिज गीत सार्वजनिक



काठमाडौं, १ साउन । नेपाली नारीहको महानचाँड हरितालिका तिजको पूर्व सन्ध्यामा कलाकमीले तिज विषेश गीत एक पछि अर्को गर्दै ल्याईरहेका छन् । यसै क्रममा चर्चित गायक तथा मोडल रामजी खाँडको अभिनय रहेको ‘झलमल झलमल’ बोलको गीत बजारमा आएको छ ।

पछिल्लो समयमा रामजी खाँड गीतमा आवाज मात्रै भर्ने नभएर हरेक गीतमा सफल अभिनय गर्न सक्ने क्षमता प्रदर्शन गरिरहेका छन् । उनका फ्यानहरुले उनलाई जुन सुकै पोशाकमा देखिदा पनि राम्रो देखिन्छ भन्ने प्रतिक्रिया दिन्छन् ।

लोक प्रिय गायक भागिरथ चलाउनेको लय शब्दमा तयार भएको उक्त गीतमा भागिरथ चलाउने र सुनिता अधिकारीको सुमधुर स्वर रहेको छ । अभिनयमा रामजी खाँडलाई मोडल अञ्जली अधिकारीले साथ दिएकी छिन् । प्रकाश भट्टको निर्देशन तथा करन चैसिरको छायांकन रहेको उक्त गीतलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot