Logo

वीपी राजमार्गमा आजदेखि राती गाडी चलाउन नपाइने



काठमाडौं २ साउन । यातायात व्यवस्था विभागले बीपी लोकमार्गमा सोमबारदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाएको छ । विभागका पदाधिकारीले ट्राफिक प्रहरी र यातायात व्यवसायीसित आइतबार बैठक गरी रात्रिकालीन समयमा बीपी लोकमार्गमा चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाउने निर्णय गरेका हुन् । विभागले साँघुरो सडकमा धेरै गाडी आवतजावत गर्दा दुर्घटना बढदै गएको निष्कर्ष निकाल्दै बीपी लोकमार्गमा राति भाडाका गाडी आवतजावतमा रोक लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्