Logo

रेखा ईन्टरटेनमेन्ट र ‘म यस्तो गीत गाउँछु’ सर्बाधिक चर्चामा



काठमाडौं, २ साउन । रेखा ईन्टरटेनमेन्ट वितरक रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको केही समयमै यस वर्षको सर्वाधिक व्यापार गर्ने पहिलो चलचित्र बन्न सफल भएको छ भने रेखा ईन्टरटेनमेन्टले चर्चामा उक्लिएको छ ।

नायक पल शाह र नायकिा पूजा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रले एकहप्ता नपुग्दै लगानी उठाएको निमार्णकर्ताले जानकारी दिएका छन् । साढे दुई करोड आर्थीक संकलन गरेको चलचित्र ‘यस्तो गीत गाउछु’ले यस वर्ष हालसम्म प्रदर्शनमा आएका चलचित्रहरुमध्ये सर्वाधिक कमाई हो गर्ने चलचित्र बनेको छ ।

प्रचार प्रसार सहित एक करोड पच्चीस लाख हाराहारीमा बनेको भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले यही साताको मध्येदेखि लगानी सुरक्षित गरी नाफाको व्यापार गर्ने तर्फ अघि बढ्नेछ ।

‘म यस्तो गीत गाउँछु’ सुदर्शन र पूजा मिलेर संयुक्त रुपमा निर्माण गरेका हुन। संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत रहेको चलचित्र कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्