Logo

कला र प्रितीको ‘छड्के तिलहरी २’ बजारमा



काठमाडौं, २ साउन । नेपाल यस्तो देश हो । अनेक समयमा अनेक विषयले चर्चा पाईरहन्छन ।  सानो देश भएपनि हाम्रो देशको सान मान र स्वाभिमानको आकार विश्वका कुनै देशसँग तुलना गर्न मिल्दैन ।

अनेकौ कला कशौलले भरिएको संस्कृति र सस्कार छ । पछिल्लो समयमा यहि कला, कौशल र हाम्रो वास्तविकतालाई शब्दमा उतारेर तिजका भाका मार्फत साउने भरीसँग कलाकर्मीले गीत गाईरहेका छन् ।

आजभोलि सामाजिक सञ्जाल तिजका गीत र हरियो चुरा, मेहन्दीले भरिएको सत्य हो। सर्वाधिक चर्चामा रहन सफल सर्जक शिव हमालको लय शब्दमा तयार भएको ‘छड्के तिलहरी’ बोलको गीतले पनि माथिकै सन्देशलाई प्रतिनिधित्व गर्छ ।

गायिका कला लम्साल र प्रीति आलेको ‘छड्के तिलहरी’ तिज गीतमा सर्जक हमालले नै स्वमा साथ दिएका छन्। यस गीतको म्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका हुन । निक शर्मा, प्रीति आले र कला लम्सालको अभिनय रहेको छ ।
भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने प्रविन भट्टले सम्पादन रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot