Logo

मन्त्रालय भागबण्डा : कांग्रेसभित्रै मिल्न गाह्रो



काठमाडौं ३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन । प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार, कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षलाई एक–एकजना मन्त्री बनाउनुपर्ने अवस्था छ ।

यस्तोमा देउवालाई पार्टीबाटै मन्त्री छान्न सकस छ । पौडेल पक्षले भौतिक पूर्वाधारसहितका प्रभावशाली मन्त्रालयमा दाबी गरिरहेको छ । तर, देउवाले मन्त्रालयबारे छलफल नै नगरेको भन्दै नेता पौडेलले आइतबार फेसबुकमा स्टाटस लेखेरै विरोध जनाए । केही नेतालाई पुनः मन्त्री बनाउन दबाब आएपछि प्रधानमन्त्री देउवा यसपटक कसैलाई पनि नदोहो¥याउने पक्षमा पुगेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्