Logo

राणालाई फकाउन थापाले परिचालन गरे दुत



काठमाडौं ३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बरिष्ठ पशुपति राणालाई फकाउन गृहकार्य गरेका छन् । पार्टी भित्र सरकारको सहभागिता जनाउने वा नजनाउने भन्नेमा देखिएको विवाद मिलाउन आज छलफल हुँदैछ । बैठकमा केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल हुनेछ । अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राप्रपामा विवाद देखिएको छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आजको बैठकमा पनि नजाने बताएका छन् । राप्रपाले एकता महाधिवेशन सम्पन्न भएको चार महिनापछि निर्देशक समिति भने गठन गर्ने भएको छ ।

पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो । एकतर्फी रूपमा भएको मनोनयनलाई षड्यन्त्रको संज्ञा दिनुभएको छ भने उनकैै नेतृत्वमा अन्य प्रभावशाली नेताहरू थापाको प्रतिकारमा जुटेका छन् । थापाको हैकमवादी नीतिको विरोध गर्दै डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका थिए । राप्रपामा देखिएको विवाद शृंखलाको प्रमुख कारण भने संविधान संशोधन नै हो । अध्यक्ष थापाले केन्द्रीय कार्यसमितिमा गरेको ४२ जनाको मनोनयनमा उत्पन्न विवाद एवं शीर्ष नेताहरूमा परेको भ्रम निवारण गर्न दीपक बोहरा र विक्रम पाण्डेलाई खटाएका छन् । राणानिवास महाराजगन्जमा दीपक बोहरा, विक्रम पाण्डे र सुनीलबहादुर थापाको गोप्य बैठक भएको स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot