Logo

मन्त्रालयको भागबन्डा, कुन दललाई कुन मन्त्रालय ?



काठमाडौं ४ साउन । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका कारण प्रधानमन्त्री शेर बहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् ।

मन्त्रालयमा कुरा मिले पनि सरकारमा पठाउने मन्त्रीहरुको अझै टुंगो लागेको छैन । मन्त्रीहरु छान्ने विषयमा सत्ताघटक पार्टीभित्रै किचलो छ । सरकार गठनको डेढ महिना हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण आकार लिन सकेको छैन् । संविधान शंसोधन विधेयक मतदानमा लैजाने कि नलैजाने भन्ने पनि अझै टुंगो छैन् ।

शंसोधन विधेयकबारे बुधबार राजपा नेपालसँग छलफलपछि मात्रै मन्त्रिपरिषद विस्तारको टुंगो लगाउने दुई दलबीच समझदारी भएको छ ।प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कार्यदलका सदस्यसमेतको उपस्थितिमा मंगलबार मन्त्रालय भागबन्डा लगाइएको छ ।

काँग्रेस नेता एवं कार्यदल सदस्य विमलेन्द्र निधिले काँग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने गरी भागबन्डा टुङ्गिएको बताए । -कान्तिपुर दैनिकबाट

कसलाई कुन मन्त्रालय ?
काँग्रेस – अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सिंचाइ, सहकारी तथा गरिवी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, बाणिज्य र महिला, बालबालिका तथा समाज कल्याण
माओवादी केन्द्र – परराष्ट्र, गृह, सहरी, स्वास्थ्य, उर्जा, कानुन, पशुपन्छी, कृषि तथा आपूर्ति
लोकतान्तिक फोरम -स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार
राप्रपालगायत साना दल – शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि
नेकपा(संयुक्त)– वातावरण

 



प्रतिक्रिया दिनुहोस्

Screenshot