Logo

प्रत्येक वडा सडक सञ्जालले जोडिन्छः नगरप्रमुख



पाल्पा, ४ साउन । पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनका प्रत्येक वडामा सडक सञ्जालले जोडिने बताउनुभएको छ ।

चौधवटा वडामा सहजरुपमा यातायातको पहुँच विस्तार गर्ने काम यस आवमा नै हुने शाहीले बताउनुभयो । “यो वर्ष सडकवर्षका रुपमा मनाउने छौँ, विकासका लागि सडक बनाउनुपर्छ, नगरभित्रका वडामा कच्ची सडक सञ्जालले जोड्नेछौँ, यो आवमा सके १०० नसके पनि ९० प्रतिशत सडकको काम हुनेछ,” शाहले भन्नुभयो– “पाल्पाको तानसेन नगरपालिकाको दमकडामा आधुनिक बस्ती विस्तार हुनेछ ।”

नवनिर्वाचित शाहीले पाल्पाको तानसेनमा पत्रकार सम्मेलनमा पहाडी जिल्ला पाल्पाको लेकमा बस्ती विस्तारको लागि पहिलो चरणमा सर्वेक्षण हुनेछ । पाल्पाको सडक चारदेखि छ लेनसम्मको निर्माण हुने र बस्तीभित्र खुल्ला जग्गा रहनेछ ।

पाल्पाको तानसेनमा निर्माण कार्य पूरा भएपनि स्थानीयका अवरोधका कारण सञ्चालनमा आउन नसकेको सेनेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याउने तयारी भएको शाहीले बताउनुभयो । स्थानीय तह आदेशका भरमा सञ्चालन गर्न नसकिने भएकोले स्थानीय तह सञ्चालनका लागि ऐन, विधिको आवश्यकता रहेको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot