Logo

ट्राफिक प्रहरीद्वारा सात लाख राजश्व संकलन



जाजरकोट, ४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा एक हजार २५० सवारी चालकलाई कारबाही गरी रु आठ लाख १४ हजार राजश्व संकलन गरेको छ ।

चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक बढी कारबाहीमा परेका छन् । असारमा १७२ सवारी चालकलाई कारबाही गरी रु एक लाख पाँच हजार राजश्व संकलन गरिएको छ ।

साउनमा ७३ सवारी चालक, भदौमा ९५, असोजमा ८६, कात्तिकमा ८२, मङ्सिरमा १०६, पुसमा ७९, माघमा १०६, फागुनमा ११४, चैतमा ९२, वैशाखमा ९७ तथा जेठमा १३८ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक इन्चार्ज कुलबहादुर ओलीले जानकारी दिनुभयो ।

जिल्लामा अहिले अस्थायी रुपमा ट्राफिक कार्यालय स्थापना गरिएको छ । खलङ्गा र छेडा चेकपोष्टमा तीनजना ट्राफिक प्रहरी खटिएका छन् । उनीहरु बस्न भवनको अभाव छ । छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिका–४ शान्तिचौतारी नजिक कर्कटपाताको अस्थायी टहरा बनाई कार्यालय सञ्चालन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्