Logo

७६ करोड ३३ लाख बजेट फिर्ता



भद्रपुर, ४ साउन । झापामा आर्थिक वर्ष २०७३÷७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ । जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६।६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिनुभयो ।

गत आवमा चालुतर्फको कुल बजेट रु आठ अर्ब ३८ करोड ३२ लाख ७९ हजारमध्ये रु सात अर्ब ९८ करोड ८५ लाख ८३ हजार खर्च भएको छ भने पुँजीगततर्फ रु तीन अर्ब २७ करोड दुई लाख पाँच हजारमध्ये रु दुई अर्ब ६५ करोड ८५ लाख ९८ हजार खर्च भएको कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्