Logo

यू–२३ मा नेपाल लेबनानसँग पराजित



काठमाडौँ, ५ साउन । एएफसी तेइस वर्षमुनि यू २३० च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक-एक गोल खायो । खेलको पहिलो हाफको २८ औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे ।

समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्