Logo

रिडी–रुद्रबेणी वामटिक्सार सडकखण्ड आजदेखि सूचारु



कौरव खत्री, असार ५ गुल्मी : रिडि रुद्रबेणी वामीटक्सार अन्तर्गतको अबरुद्ध सडकखण्ड आजदेखि पुर्ण रुपमा सुचारु भएको छ । बिगत दुइ हप्तादेखी सडकखण्ड अन्तर्गत गुल्मीको सत्यबती गाँउपालिका देखी मुसिकोट नगरपालिका सम्मका विभिन्न ठाँउमा पहिरो खसेका कारण सडक अबरुद्ध बनेको थियो ।

यता मुसिकोट नगरपालिकाको आँपचौरमा गएको भिषण पहिरोलाई डोजर प्रयोग पहिरो हटाएपछि उक्क्त सडकखण्ड सूचारु भएको तम्घास सिमलटारी प्यूठान सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिनुभयो ।

सडक सूचारु भइसकेपछि बाग्लुङ्गको बुर्ति बाङ्गदेखी बुटवल सम्मकै सडक खुलेको जनाइएको छ । जिल्लाको अति व्यस्त सडकखण्ड अबरुद्ध भएपछि यात्रुहरु तथासवारीका साधनहरु इन्द्रगौडा हुदै सदरमुकाम तम्घास भएर लामो दुरीको सडक प्रयोग गरि आ–आफ्ना गन्तव्यमा पुग्नुपर्ने बाध्यता रहेको थियो ।

यता रिडि रुद्रबेणी वामीटक्सार अन्तर्गतको सडक सूचारु भएपछि साना सवारी साधन जीप सञ्चालन हुदा आम सर्वसाधरणलाई निकै सहज भएको छ ।



प्रतिक्रिया दिनुहोस्