Logo

कर्मचारीकै संलग्नतामा भारतबाट ल्याइएका चोरीका सवारी दर्ता



काठमाडौं ६ साउन । व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो । किर्ते काममा संलग्न अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित ७ जनालाई बिहीबार नै निलम्बन गरिएको खबर आजको कारोबारमा छ ।



प्रतिक्रिया दिनुहोस्